घटना

मकवानपुरमा दुई ट्रक ठोक्किएर आगलागी हुँदा ३ जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिकामा दुई ट्रक ठोक्किएर आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

३ जनाको घटनास्थलमै ज्यान गुमाएका तीन जनाको पहिचान नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए। घाइते ३५ वर्षीय विवेक तामाङ र ३२ वर्षीय अर्जुनकुमार प्रजालाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएको छ ।

बिज्ञापन

कार्कीका अनुसार शुक्रबार राति पौने २ बजे मनहरी–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम राजमार्गमा विपरीत दिशाबाट आएका दुईवटा ट्रक ठोक्किएका हुन्।

हेटौंडाबाट चितवनतर्फ आउँदै गरेको ना.६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना. ६ ख ६३१ नम्बरको ट्रक ठक्कर खाएका थिए। आगलागीका कारण दुवै ट्रक पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।