घर भत्किदा एक जनाको मृत्यु
लोक कल्याणकारी विज्ञापन

डोटी, असार २३ गते । डोटीको दिपायल सिलगढी नगरापालिका –५ गैरामा घर भत्किँदा च्यापिएर एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटी प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार शनिवार राति घरमा सुतिरहेको समयमा घर भत्किँदा स्थानीय ३० बर्षीया गङ्गा मलासीको ज्यान गएको हो ।
घटनाको बारेमा जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोटीबाट गएको प्रहरी टोलीले आइतबार बिहान ५ बजे मृतकको शव भत्किएको घरबाट निकालेका थियो । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
