प्रतितोला ७ सय रुपैयाँले बढ्यो सुनको भाउ
लोक कल्याणकारी विज्ञापन

काठमाडौ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ।
लोक कल्याणकारी विज्ञापन

आइतबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३ सय रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
लोक कल्याणकारी विज्ञापन

गत शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन

आइतबार चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

