हेलिकप्टर दुर्घटनामा परेका ५ जनाको शव भेटियो
लोक कल्याणकारी विज्ञापन

विराटनगर । सोलुको लाम्जुरा पासमा भएको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । एक जनाको अवस्था खुल्न सकेको छैन ।
लोक कल्याणकारी विज्ञापन

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्तकुमार भट्टराईले हेलिकप्टरमा सवार ५ जनाको शव भेटिएको बताए । उनले ५ जनाको मृत्यु भइसकेको जानकारी दिए । एक जनाको अवस्था भने अज्ञात रहेको उनले बताए ।
लोक कल्याणकारी विज्ञापन

हेलिकप्टरमा आगो लागेका कारण मृतकको पहिचान खुलेको छैन । मनाङ एयरको हेलिकप्टरमा ५ जना मेक्सिकन यात्रु सवार थिए ।
बिज्ञापन

लाम्जुरामा भएको दुर्घटना स्थल ३६ सय ३४ मिटरको उचाइमा रहेको छ । स्थानीयले बेपत्ताको खोजी गरिरहेका छन् ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

