नेपाली भाषामा लेख्दै मोदीले दिए प्रधानमन्त्रीपत्नी सीतालाई श्रद्धाञ्जलि
लोक कल्याणकारी विज्ञापन

काठमाडौँ– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषामा लेख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई श्रद्धाञ्जलि दिएका छन् ।
मोदीले सीताको निधनले आफू मर्माहत भएको बताएका छन् ।
बिज्ञापन

‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । प्रचण्डजीप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु,’ उनले नेपाली भाषामा ट्विट गरेका छन् ।
प्रधानमन्त्रीपत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा निधन भएको हो ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
