पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा सीता दाहालप्रति श्रद्धाञ्जली

काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सीता दाहालको बुधबार बिहान राजधानीको नर्भिक अस्पतालमा निधन भएको थियो ।
पूर्व राजाले सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै आफ्ना प्रतिनिधि पशुपतिभक्त महर्जनलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पठाएका थिए ।

पेरिसडाँडामा पुगेर महर्जनले पूर्वराजाको तर्फबाट सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डसहित शोकाकुल परिवारमा समवेदना प्रकट गरेको पूर्व राजाका संवाद सचिव फणि पाठकले जानकारी दिए ।
सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बुधबार दिउँसो पौने २ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार हुँदैछ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
