अर्थ

अब ब्याजदर निर्धारण स्वयं बैंकले गर्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । अब बैंकहरुले बचतकर्तालाई कति ब्याज दिने ? भन्ने निर्णय आफैै गर्ने भएक छन् ।

बैंकहरूको छाता संस्था नेपाल बैंकर्स संघले निक्षेपको अधिकतम दर निर्धारणलाई खुला छाड्ने निर्णय गरेपछि ब्याजदर निर्धारणको अधिकार बैंक स्वयंले पाएको हो । यसअघि बैंकहरूमा निक्षेपको ब्याजदर संघले निर्धारण गर्दथ्यो । संघले ब्याजको अधिकतम् सीमा निर्धारण गर्ने गर्थ्यो ।

बिज्ञापन

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता अधिक रहेको अवस्थामा संघले निक्षेपको ब्याजदर निर्धारण बैंक आफैले गर्ने सहमति गरेको हो । हरेक नयाँ महिना सुरु हुन अगावै बैंकहरूले ब्याजदर निर्धारण गरिसक्नुपर्ने राष्ट्र बैंकको प्रावधान रहेको छ ।

बैंकर्स संघका अध्यक्ष सुनिल केसीका अनुसार अब साउन १ देखि लागु हुने निक्षेपको ब्याजदर बैंकहरुले आफु अनुकुल तय गर्न सक्ने छन् । भद्र सहमति खारेज भए पनि राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले निक्षेपको ब्याजदर घटाउन वा बढाउन सक्नेछन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।