टीकापुर

तिकुनियाँबाट तीन करोड भारू र १५ किलोग्राम सुनसहित तीन नेपाली पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २८ असार । भारतबाट नगद र सुन चोरी घर फर्किरहेका तीन जना नेपाली पक्राउ परेका छन्। बिहीवार नगद र सुन चोरीको आरोपमा तीनै जनालाई भारतीय प्रहरीले तिकुनियाँबाट पक्राउ गरेको बताइएको छ । भारतमा चोरी गरेर पक्राउ पर्नेमा टीकापुर नगरपालिका वडा नम्बर ८ कर्मीडाँडाका शंकर साउँद, उनकी श्रीमती र बर्दिया घर भएका चौधरी थरका व्यक्ति रहेको बताइएको छ।

कैलाली प्रहरीले यो विषयमा जानकारी नभएको बताएको छ भने सशस्त्र प्रहरी बलले तिकुनियाँको बसपार्कबाट नेपाली नागरिकहरू पक्राउ परेको सुन्नमा आएको तर विस्तृत जानकारी प्राप्त नभएको बताएको छ।भारतमा घरेलु कामदारको रुपमा काम गर्ने र त्यसपछि त्यहीँ घरमा चोरी गरेर घर फर्किने गलत धन्धाका कारण सोझा नेपाली मजदुरले भारतमा यातना र अपमान खेप्नुपरेको प्रवासी नेपालीहरूले बताउँदै आएका छन् ।

बिज्ञापन

भारतमा चोरी गर्ने गिरोह नै सक्रिय रहेको पीडित नेपाली मजदुरहरूले बताउने गरेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।