खेलकुद

पाकिस्तानी टोलीविरुद्ध प्रतिश र सोमपालले नवौँ विकेटका लागि गरे अर्धशतकीय साझेदारी

बिज्ञापन

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा अहिले पाकिस्तान एसँग भिडिरहेको नेपालले नवौं विकेटका लागि अर्धशतकीय साझेदारी गरेको छ ।

बिज्ञापन

सोमपाल कामी र प्रतिश जिसीको उक्त साझेदारीपछि नेपालले २५ ओभरमा ८ विकेट गुमाएर एक सय २३ रन जोडेको छ । सोमपाल र प्रतिसबीच ५१ रनको साझेदारी भइसकेको छ । सोमपाल २८ र प्रतिश २० रनमा खेल्दैछन् ।

त्यसअघि नेपालले ३९ रनमै ६ विकेट गुमाएको थियो ।

नेपालका कुशल भुर्तेलले १, मोहम्मद आसिफ शेखले १२, अर्जुन साउदले १७, रोहित पौडेलले ७ र पवन सर्राफले १ रन जोडे। कुशल मल्लले पनि १७ र गुल्सन झाले १३ रन बनाए । भीम सार्कीले खाता खोल्न सकेनन् । कुशल मल्ल र गुल्सन झाबीच सातौं विकेटका लागि २८ रनको साझेदारी भएको थियो ।

पाकिस्तानका सहनवाज दहानी र मुहम्मद वासिमले ४/४ विकेट लिएका छन् ।

बिज्ञापन