अर्थ

सुदूरपश्चिम प्रदेशसभामा आज बजेट निर्णयार्थ प्रस्तुत हुने

बिज्ञापन

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्दैछ । सरकारले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि प्रस्तुत बजेटमाथि प्रदेशसभाको आज (शनिबार) को बैठकमा निर्णयार्थ पेश गर्ने कार्यसूची छ ।

बिज्ञापन

बैठक अपराह्न साढे ३ बजेका लागि आह्वान गरिएको छ । सत्तारुढ दलबीच नै बजेटमा एकमत हुन नसक्दा आज बिहान ९ बजेका लागि बोलाइएको बैठक साढे ३ बजे सारेको हो ।

आजै साँझ दोस्रो बैठक पनि बस्ने छ । त्यसअघि सरकार र सत्ता साझेदार दलका नेताहरुबीच निर्णायक छलफल हुँदैछ ।

केही सांसदहरुले बोल्ने क्रममा बाँकी रहेकाले नबोलेका सांसदहरुको मन्तव्यपछि आजै बस्ने दोस्रो बैठकमा बजेटलाई निर्णयार्थ पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

कांग्रेसबाहेक सत्ता साझेदार माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले अहिलेकै अवस्थामा बजेट पारित हुन नदिने अडान लिएका छन्।

बिज्ञापन