Sudur Pradesh News

डोटीमा कुकुरले टोक्दा पाँच जना घाइते

बिज्ञापन

डोटीः डोटीमा बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते भएका छन्।

बिज्ञापन

जिल्लाको शिखर नगरपालिका–१ कपल्लेखीमा बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते भएका हुन। कुकुरको टोकाइबाट २८ वर्षीया मिना महारा, ३९ वर्षीया सीता भुल, १० वर्षीय आदेश विक र अन्य २ जना घाइते भएका छन्।

घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार गरिएको वडाअध्यक्ष दीपक बोगटीले बताए।

बिज्ञापन