अर्थ

भोलिदेखि इन्धनमा स्वचालित मूल्य प्रणाली लागु हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडाैं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ।

प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसकेको स्वचालित मूल्य पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको हो ।

बिज्ञापन

सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागु गर्ने उल्लेख गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन । निगमले २०७१ सालदेखि इन्धनमा स्वचालित मूल्य प्रणाली लागु गरे पनि कार्यान्वयनमा आएको स्वचालित मूल्य कार्यान्वयनमा आउन सकेको थिए ।

साउन महिनादेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने निगमले जनाएको छ । स्वचालित मूल्य भनेको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासमा समेत स्वचालित मूल्य लागु गरिने निगमले जनाएको छ ।

यसअघि पूर्ण रूपमा मूल्य घट्दा नघटाउने र बढ्दा मात्र बढाउने गर्दा प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेको थिएन। २०७१ सालमा निगम ३६ अर्ब ऋणमा रहेको थियो । त्यसपछि क्रमिक रूपमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएको र स्वचालित मूल्य लागु गर्दै गए पनि त्यसपछि निगम ऋण चुक्ता गर्न सफल भएको थियो ।

नाफा हुँदा पनि इन्धनमा न्यून मूल्य घटाउँदा त्यसको मारमा उपभोक्ता पर्ने गरेका छन्। निगमले स्थानीय बजारमा मूल्यसमेत घटाउँदै आएको छ। हाल बजारमा पेट्रोल प्रतिलिटर १७०, डिजेलरमटितेल १५०, हवाई इन्धन प्रतिलिटर १३६ रुपियाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपियाँ रहेको छ । यो समाचार आजको गोराखात्र दैनिकमा प्रकाशित छ।  ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।