घटना

बसको ठक्करबाट मोटरसाइकलमा सवार दाजुको मृत्यु, भाइको अवस्था गम्भीर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पोखरा । कास्कीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।

कास्कीबाट लमजुङ जाँदै गरेको ग १ ख ७६८६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ग १५ प ८४८३ नम्बरको मोटरसाइकललाई रूपा गाउँपालिका(३ पोल्याङमा बिहान ७स्४५ ठक्कर दिएको थियो।

बिज्ञापन

दुर्घटनामा परी मोटरसाइकलमा सवार लमजुङको मध्यनेपाल (६, का २३ विवेक विक र २० वर्षीय दीपेन्द्र विक गम्भीर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्रीराम तिमिल्सिनाका अनुसार २३ वर्षीय विवेकको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ। उनका भाइ दीपेन्द्रको पनि अवस्था गम्भीर रहेको उनले बताए।

बसका चालक रूपा गाउँपालिकाकै विशाल गुरूङलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।