राष्ट्रिय समाचार

दाङमा आजदेखि ट्राफिक जरिवाना अनलाइन प्रणालीबाट

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

घोराही, साउन १ गते । दाङमा ट्राफिक प्रहरीले आजदेखि लागू हुनेगरी जरिवानाबापतको रकम अनलाइन प्रणालीबाट लिन सुरु गरेको छ । ट्राफिक प्रहरीसँग जरिवानाबापत नगद कारोवारलाई हटाउनका लागि साउन १ गतेदेखि ट्राफिक प्रहरीले जरिवाना बापतको रकम अनलाइन प्रणालीबाट लिन थालेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी निरीक्षक किरणप्रकाश मल्लले ट्राफिक भ्याइलेन्ट रेकर्ड सिस्टम (टिभिआरएस) सफ्टवेयर माध्यमबाट ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट भुक्तानी लिन थालेको जानकारी दिनुभयो । उहाँका अनुसार ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने सवारीका चालकलाई ट्राफिक जरिवाना वापतको राजश्व सङ्कलन अनलाइन प्रणालीबाट भुक्तानी गर्न थालेको हो ।

बिज्ञापन

उहाँले भन्नुभयो, ‘‘चेकिङका क्रममा सवारी नियम उल्लङ्घन गर्ने सवारी चालक तथा धनिलाई ट्राफिक प्रहरीले २४ घण्टे पुर्जी दिन्छ । पुर्जीका आधारमा २४ घण्टाभित्र नजिकको राष्ट्रिय वाणिज्य बैंकसँगै इसेवा, खल्ती कनेक्ट आइपिएस, मोबाइल बैकिङबाट भुक्तानी गर्न सक्ने छन् ।’’

जरिवाना बुझाउनका लागि सवारी चालकले घोराहीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी पोष्ट लमहीमा जरिवाना बापतको रकम भुक्तानी गरेको प्रतिलिपि बुझाउने व्यवस्था गरिएको छ । सुरुमा यो प्रणाली झन्झटिलो भए पनि विस्तारै नागरिकहरु अभ्यस्त हुने प्रहरी निरीक्षक मल्ले बताउनुभयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।