राष्ट्रिय समाचार

पूर्व मन्त्री तथा एमाले नेता विजय यादव पक्राउ

बिज्ञापन

रुपन्देही । बाँके प्रहरीले लुम्बिनी प्रदेश सरकारका पूर्व कृषि मन्त्री तथा नेकपा एमाले नेता विजय यादवलाई पक्राउ गरेको छ ।

बिज्ञापन

आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले यादवलाई डुडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ गरेको हो ।

बैङ्किङ कसुर मुद्दामा यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले रुपन्देही जिल्ला अदालतले बैङ्किङ कसुर मुद्दामा यादवको नाममा पक्राउ पुर्जी जारी गरेअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेले यादवलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा बुझाइएको बताए ।

उनले बैंकिङ कसुर अन्तर्गत रुपन्देही प्रहरीको पुर्जीका आधारमा यादवलाई पक्राउ गरिएको र मुद्दाको बिस्तृत विवरण आफूलाई पनि थाहा नभएको उनले बताए ।

रुपन्देही प्रहरी प्रवक्ता श्यामु अर्यालले भने यादवको पक्राउबारे जानकारी नभएको बताए । कांग्रेसबाट राजनीति सुरु गरेका यादवले अघिल्लो चुनावमा टिकट नपाएपछि जसपामा प्रवेश गरेका थिए ।

जसपाबाट यसअघिको प्रदेश सभामा निर्वाचित भएका यादव एमालेको तत्कालीन प्रदेश सरकारमा मन्त्री बनेपछि जसपाले उनलाई कारबाही गरेको थियो ।

जसपाले माओवादीसँग गठबन्धन गरी पछिल्लो चुनावमा टिकट नपाउने निश्चित भएपछि भने उनी एमाले प्रवेश गरेका थिए । एमालेबाट उनले टिकट पाएपनि निर्वाचन जित्न भने सकेनन् ।

बिज्ञापन