घटना

लागुऔषध प्रयोग गर्ने साढे पाँच हजार बढी पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा लागुऔषध कारोबार तथा सेवनमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच हजार छ सय ११ जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध तीन हजार सात सय १२ वटा मुद्दा दर्ता गरिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार उनीहरुबाट १८ हजार २२ किलो गाँजा, पाँच सय २८ किलो चरेस, १४ किलो तीन सय ५० ग्राम हिरोइन, १४ किलो पाँच सय ६७ ग्राम कोकिन र ३४ किलो दुई सय ५८ अफिम बरामद भएको थियो ।

बिज्ञापन

उक्त अवधिमा ६२ हजार दुई सय ७९ एम्पुल ब्रुफेन, ६७ हजार चार सय ३४ एम्पुल डियाजेपाम, ३४ हजार आठ सय २९ एम्पुल फेनारगन, एक लाख पाँच हजार चार सय १४ ट्याबलेट नाइट्राभेट १० हजार सात सय ९७ ट्रामाडोल, आठ हजार नौ सय ५१ बोतल कोरेक्स तथा डाइलेक्स एवं पाँच सय एक किलो खात बरामद गरिएको जोशीले जानकारी दिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।