राष्ट्रिय समाचार

प्रधानमन्त्री ५ दिने इटाली भ्रमणमा जाँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा जाने भएका छन् । आज बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको ५ दिने इटाली भ्रमण स्वीकृत गरेको हो ।

युनाइडेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मुभमेन्टको कार्यक्रममा भाग लिन उनी साउन ७ गते इटाली जान लागको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिए ।

बिज्ञापन

प्रधानमन्त्रीको भ्रमणमा कृषिमन्त्री वेदुराम भुसालसहित २० सदस्य रहनेछन् । प्रधानमन्त्री इटालीबाट साउन ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको प्रवक्ता शर्माले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।