राष्ट्रिय समाचार

शंकास्पद वस्तु राखेको आरोपमा पक्राउ परेका पासवानले भने- राख्न लगाएर राखेको हुँ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । काठमाडौको सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा पक्राउ गरेका खजान्ती पासवानले आफूलाई मोबाइल दिएर कसैले राख्न लगाएको बयान दिएका छन् । बुधबार बिहान सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले उनलाई नियन्त्रण लिएको हो ।

प्रहरीका अनुसार रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर–८ घर भएका पासवान सिनामंगलस्थित सुकुम्वासी बस्तीमा बस्दै आएका छन् । पासवानलाई घटनास्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी सीताराम रिजालले जानकारी दिए ।

बिज्ञापन

प्रहरीका अनुसार पक्राउ परेका पासवानले भने, ‘राख्न लगाउने मान्छेलाई चिन्दिनँ, नेपाली मान्छे हो ।’ शंकास्पद वस्तु दिनेले राख भनेपछि राखेको हुँ ।’ शंकास्पद वस्तु राखेपछि उनी घटनास्थलमै बसेर रमिता हेरिरहेको अवस्थामा प्रहरीले नियन्त्रण लिएको थियो । पक्राउ परेलगत्तै उनले प्रहरीसँगको बयानमा ‘आफू काम गर्ने मान्छे’ भएको बताएका थिए ।

घटनास्थलमा नेपाल क्रान्तिकारी पार्टीको पर्चा भेटिएको छ । प्रहरीका अनुसार उक्त पर्चामा छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् तपाईंको सहयोगले हाम्रो देश र जनतालाई ठुलो प्रगति हुनेछ भन्ने आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ सावधान रहनुहोला ।’ पासवानमा माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।