बिश्व

तीन बर्षिय बालकद्धारा आफ्नै बहिनीकाे गोली हानी हत्या

बिज्ञापन

एजेन्सी । अमेरिकाको सान डिएगो सहरको फलब्रुक क्षेत्रमा ३ वर्षीय दाजुले आफ्नै १ वर्षीय बहिनीको गोली हानी हत्या गरेका छन् ।

बिज्ञापन

गत सोमबार खेल्ने क्रममा दाजुले गोलीले भरिएको बन्दुक समातेर हान्दा बहिनीको घटनास्थलमै मृत्यु भएको हो । यसको पुष्टि सान डिएगो काउन्टी शेरिफ विभागका लेफ्टिनेन्ट जोसेफ जार्जुराले गरेका छन् ।

शेरिफ विभागले मृत्यु भएकी बालिकाको नाम भने खुलाएको छैन । घटनाको अनुसन्धान गरिरहेको टोलीले घटनाको थप विवरण संकलनको लागि काम गरिरहेको जनाएको छ ।

बिज्ञापन