जसपाको फेरियो झण्डा र लोगो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो झण्डा र लोगो फेरेको छ ।
भर्खरै विधान अधिवेशन सम्पन्न गरेको जसपाले अधिवेशनका सहभागी प्रतिनिधिहरुको झण्डा फेर्नुपर्ने माग गरेका थिए । सोही मागबमोजिम विधान प्रमाणीकरण समितिले पार्टीको झण्डा र लोगो परिवर्तन गरी निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।

विधान अधिवेशनमा १० वटा समुह बनाई विधानमा दफावार छलफल गरिएको थियो जसमध्ये लगभग सबैजसो समुहले पार्टीको झण्डा फेर्नुपर्ने माग राखेका थिए ।
यस अघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङ्गको पृष्ठभूमिमा सेतो ताराको सट्टामा अहिले रातो पृष्ठभमिमा सेतो तारा राखिएको छ ।
त्यस्तै, यसअघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ । जसअनसार पहिलेको लोगोमा मुठी सहितको हात राखेर लोगो बनाइएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
