एक वर्ष पनि टिकेन सिलगढी-झिग्राना सडकको कालोपत्रे
लोक कल्याणकारी विज्ञापन

डोटी । डोटीको सिलगढी-झिग्राना सडक कालोपत्रे भएको एक वर्षमै भत्किएको छ ।
लोक कल्याणकारी विज्ञापन

जिल्ला सदरमुकाम सिलगढीदेखि प्रमुख पर्यटकीय स्थल खप्तडको मुख्य प्रवेशद्वार झिग्रानासम्म पुग्ने सडक कालोपत्रे भएको एक वर्षमै भत्किएको हो ।
लोक कल्याणकारी विज्ञापन

सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा सिलगढी-ओखरबोट सडक खण्ड निर्माणको काम २०७९ साल असार २० गते सम्पन्न भएको थियो । अढाई वर्षमा काम सम्पन्न गर्ने गरी २०७६ साल असार ३० गते सम्झौता भएकोमा कोरोना महामारीको कारण देखाउँदै २०७९ साल असोज ३० गतेसम्म म्याद थप भएको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ ।
बिज्ञापन

कुल १९ करोड ७८ लाख ४४ हजार ३१३ रुपैयाँको लागतमा निर्माण भएको करिब ८ किलोमिटर सडकको अधिकांश ठाउँमा कालोपत्रे उप्किएको छ ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

