राष्ट्रिय समाचार

अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

बिज्ञापन

काठमाडौं । अधिवक्ता भगवती पाण्डे ‘शीतल’विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । विवादास्पद अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध उजुरी परेपछि पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

चार दिनअघि तामाङ र मगर समुदायका समूहले दिएको उजुरीको आधारमा अधिवक्ता पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरका डीएसपी अनिल अधिकारीले जानकारी दिए ।

अधिवक्ता पाण्डेविरुद्ध जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरी परेको प्रहरीले जनाएको छ । पक्राउ पुर्जी जारी भएसँगै पाण्डेको खोजी भइरहेको डीएसपी अधिकारीले बताए ।

अधिवक्ता पाण्डे केही दिनअघि प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा मुस्लिम, मगर, तामाङलगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने गरेको जिकिर गरेकी थिइन् । उनको उक्त भनाइलाई लिएर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ भने अधिवक्ताय पाण्डेको आलोचना भइरहेको छ ।

बिज्ञापन