थानकोटमा मारुती भ्यान दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । थानकोटमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार मध्यान्ह थानकोटबाट चित्लाङ जाँदै गरेको भ्यान दुर्घटना हुँदा सिन्धुली घर भएका २० वर्षीय नवराज ठोकर तामाङ र काभ्रे घर भएका ४५ वर्षका अनिल तामाङको मृत्यु भएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।
थानकोटका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार चित्लाङ जाँदै गरेको बा१०च ३५४६ नम्बरको मारुती भ्यान पानीघाटनजिक भीरबाट खसेको थियो । उक्त भ्यानमा पाँच जना सवार रहेकामा ३ जनालाई सकुशल उद्धार गरिरएको प्रहरीले जनाएको छ ।

गाडी सडकबाट करिब पाँच सय मिटर तल खसेर क्षतविक्षत भएको छ । दुर्घटना के कारणले भएको भन्ने यकिन भइनसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
