राष्ट्रिय समाचार

दलितको घर भत्काएकाे विराेधमा अनेरास्ववियुद्वारा बालुवाटारमा प्रदर्शन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं – जातीय विभेदका घटना बढ्दै गएको भन्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आज (शनिवार) काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेको छ।

बझाङमा दलितको घर भत्काउने, जुम्लामा प्रेम विवाह गरेको निहुमा आगो लगाउने काम भएको, पश्चिम रुकुममा भएको घटना लगाएतका बिभेद बढ्दै जाँदा पनि राज्य मौन भएको भन्दै अनेरास्ववियुले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका हुन् ।

बिज्ञापन

प्रदर्शनमा सहभागीहरुले व्यवस्था परिवर्तन भो अवस्था परिवर्तन कहिले, पिडितलाई न्याय देश, जातीय छुवाछुत अन्त्य गरौँ, जातीय विभेद बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा अनेरास्ववियुका महासचिव नरेश रोकायाले बझाङ किसानले श्रमबाट कमाएको पैसाले आफ्नो लालपूर्जा भएको जग्गामा बनाएको घर भत्काउने काम भएको भन्दै तत्काल बिभेद गर्नेलाई कारवाही गर्नुपर्ने बताए । उनले पटक पटक जातीय विभेद बढ्दै जादा पनि सरकार गम्भीर हुन नसकेको बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।