एमालेले अडान नछाडेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । एमालेले अडान नछाडेपछि भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ।
सुन प्रकरणको छिनोफानो नभएसम्म सदन चल्न नदिने एमालेको अडान छ । विमानस्थल बाहिरबाट ठूलो परिणामको सुन बरामद भएपछि एमालेले गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा माग्दै आइरहेको छ ।

एमालेले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेको छ ।
सदन खुलाउन सभामुखले कार्यव्यवस्था समितिको बैठकपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरिरहेका थिए । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भइरहेको छलफलमा उपसभामुख इन्दिरा राना मगर पनि सहभागी थिइन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
