राष्ट्रिय समाचार

साइकल यात्रीलाई मुक्का हान्ने भेटवाल धरौटीमा रिहा

बिज्ञापन

काठमाडौं । साइकल यात्रीलाई मुक्का प्रहार गरेको घटनामा पक्राउ परेका आयुष भेटवाल धरौटीमा रिहा भएका छन् ।

बिज्ञापन

गत असार २० गते कोशी राजमार्गअन्तर्गत विराटनगर–४ स्थित दूध फारम चोकमा भेटवालले साइकल यात्री पवनकुमार साहलाई मुक्का हानी ढालेका थिए । उक्त घटनाको भिडियो फुटेज सार्वजनिक भएपछि पक्राउ परेका उनी सोमबार मोरङ जिल्ला अदालतले दिएको आदेशबाट धरौटीमा छुटेका हुन् ।

सोमबार न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले भेटवाललाई एक लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । भेटवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दायर भएको थियो । घटनामा संलग्न भनिएका अर्का प्रतिवादी १७ वर्षे किशोर फरार छन् ।

बिज्ञापन