सुदूरपश्चिम प्रदेश

जुवा खालबाट समातिए डोटीका दुई वडाध्यक्षसहित १० जना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । जुवा खालबाट डोटीका दुई वडा अध्यक्षसहित १० जना पक्राउ परेका छन् । मंगलबार धनगढी उपमहानगरपालिका-४ बसपार्कमा रहेको कलेल होटलबाट पूर्वीचौकी गाउँपालिका- २ का वडाध्यक्ष योगेन्द्र ठकुल्ला र ५ का अध्यक्ष खडक साउद परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ

लोक कल्याणकारी विज्ञापन

तासजुवा खेलिरहेको बेला प्रहरीले एक लाख ४ हजार ८१० रूपैयाँसमेत बरामद गरेको छ ।

लोक कल्याणकारी विज्ञापन

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अनुसार पक्राउ पर्ने अन्यमा होटल सञ्चालक तेजबहादुर कलेल, सिलगढी खानोपनी तथा सरसफाइका कर्मचारी ३० वर्षीय सुजित खड्का, पूर्वीचौकी-६ का पुरनबहादुर खड्का, देवबहादुर खड्का रहेका छन् ।

बिज्ञापन

यस्तै गोदावरी नगरपालिका-३ का ३२ वर्षीय कुवेर खड्का, पूर्वीचौकी-२ का धनबहादुर विष्ट, ३५ वर्षीय अमित बोहरा र दिपायल-सिलगढी नगरपालिका-६ का अविनाश कठायतलाई पनि पक्राउ गरिएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन