राष्ट्रिय समाचार

सरकार र सहकारीपीडितबीच ७ बुँदे सम्झौता, आजैदेखि आन्दोलन स्थगित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समिति र सरकारबीच ७ बुँदे सम्झौता भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री रञ्जिता श्रेष्ठ चौधरीको रोहबरमा दुईपक्षबीच सम्झौता भएको हो ।

बिहीबार अपरान्ह भएको सम्झौतासँगै सहकारीपीडितहरूको माइतीघर-बानेश्वर केन्द्रित आन्दोलन आजैबाट स्थगित भएको छ ।

बिज्ञापन

सम्झौतामा सहकारी क्षेत्रको सुधारका लागि सुझाव दिन गठित कार्यदलमा अनसन/धर्नामा रहेका बचतकर्ताबाट ३ जनालाई आमन्त्रित सदस्यको रूपमा समावेश गर्ने, बचतकर्ताको रकम फिर्तालाई सुरक्षा प्रदान गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि मन्त्रालयले तत्काल कार्य प्रक्रिया अघि बढाउने उल्लेख छ ।

त्यस्तै कर्जा प्रक्रियालाई छोटो छरितो र प्रवभाकारी बनाउने, ओरेन्टललगायत समस्याग्रस्त घोषित सहकारी संस्थाको तर्फबाट बचतकर्तालाई रकम फिर्ता गर्दा स्पष्ट कार्ययोजना बनाइ मन्त्रालयले समन्वय गर्नेलगायतका निर्णय भएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।