राष्ट्रिय समाचार

धरान झारेको पानीको मुहान र ट्याङ्कीमा पाइयो दिसामा पाइने जीवाणु

बिज्ञापन

विराटनगर । धरानको खानेपानीमा दिसामा पाइने जीवाणु कोलीर्फम भेटिएको छ ।

बिज्ञापन

खानेपानी बोर्ड मार्फत धरानमा वितरण भइरहेको पानीको मुहान र ट्याङ्कीको पानी परीक्षण गर्दा कोलीर्फम पाइएको हो । धरानको हाल वितरण भइरहेको खानेपानीमा कोलीर्फम भेटिएको प्रतिवेदन इटहरीस्थित नेपाल सरकार खानेपानी मन्त्रालय, पानीको गुणस्तर परीक्षण प्रयोगशालाले दिएको हो ।

कोलिफर्म शून्य युनिट रहेको पानीमात्र खानयोग्य हुने प्रयोगशालाले जनाएको छ ।

धरानमा देखिएको पानीको अभाव कम गर्न अहिले धरानका मेयर हर्क साम्पाङ पानीको मुहान सुधार र स्रोत व्यवस्थापनमा लागेका छन् । स्रोत व्यवस्थापन र पानीको मुहान सुधारमा लागे पनि खानेपानीको मुहानको पानी शुद्धीकरणमा ध्यान नदिँदा सर्वसाधारणको घरघरमा कोलीफर्म पुग्न थालेको देखिएको छ ।

सर्दु, लर्दुसहित पछिल्लो समय ल्याएका खोला-खोल्सासहित ६ वटा मुहानको पानी शुद्धीकरण नगरी पिउन नहुने कोलीफर्मयुक्त प्रदूषित पाइएको हो ।

सबैभन्दा बढी भालु खोलाबाट ल्याई विजयपुर गौ धारा ट्याङ्कीमा खसालिएको पानीमा कोली फर्मको मात्रा ३५ युनिट पाइएको छ । फुस्रेस्थित ट्यांकीको पानीमा कोलीफर्म ३० युनिट पाइएको छ । निसाने खोलाको पानीमा कोलीफर्म २० युनिट पाइएको छ । सर्दु खोलाको पानीमा कोलीफर्म १० युनिट पाइएको छ । खर्दुखोलाको पानीको कोलिफर्म १५ युनिट पाइएको छ ।

पछिल्लो समय कोकाहाबाट ल्याएर विष्णु चौकमा झारिएको पानीमा समेत कोलिर्फम ५ युनिट पाइएको छ ।

धरान-१७ स्थित कुम्भी आहालमा जमिनमुनिबाट निकालिएको पानीमा भने कोलिफर्म शून्य रहेको पाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, धरान नगर समितिले ७ ठाउको मुहानको र ट्याङ्कीको पानी सङ्कलन गरी पानीको गुणस्तर परीक्षणका लागि बुझाएको थियो ।

प्रयोगशालाले दिएको प्रतिवेदनसहित बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले धरानको खानेपानी प्रदूषित रहेको विषयमा मेयर हर्क साम्पाङ लाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

धरानको खानेपानी मा मेयर साम्पाङ आएपछि भालु खोला, सर्दु, लर्दु निसाने र कोकाहबाट पानी ल्याइएको छ ।

बिज्ञापन