डम्मरुप्रसादसँग मदिरा पिउँदै मस्ती गर्ने महिलाले पतिविरुद्ध हालेकी छन् सम्बन्ध बिच्छेदको मुद्दा

काठमाडौं– दमक नगरपालिकाका प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलासँग क्वार्टरमा गई मदिरा पिउँदै मस्ती गर्ने महिलाले झापाका प्रतिष्ठित व्यापारी पतिलाई जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा हालेको विवरण खुलेको छ।
टिकटकमा लाईभ आउँदै ति महिलाले डम्बरुप्रसादसँग मस्ती गरेको सार्वजनिक भएको थियो। उक्त भिडिओ सार्वजनिक हुनासाथ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले डम्बरुप्रसादलाई नगरपालिकाबाट हटाएर मन्त्रालयमा तान्दै स्पष्टीकरण सोधेको छ।

ति महिलाले भने झापा जिल्ला अदालतमा आफ्ना पतिविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा हालेको तर छिनोफानो नभइसकेको बताइन्छ। ति महिलाको सम्पूर्ण विवरण ‘क्यानडा नेपाल’ले सुरक्षित राखेको छ।
उनी पनि झापामा साधारण व्यावसायमा संलग्न रहेको बताइन्छ। झापाको विर्तामोडमा बिहे भए पनि उनको माइती दमक हो। उनी दमक नै बस्दै आएको पनि बताइन्छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
