राजनीति

नेता कार्यकर्तालाई रविको चेतावनी- विचलित भए बाटो छोड्नु, नत्र पार्टीले हटाउँछ

बिज्ञापन

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना नेता कार्यकर्ताहरूलाई इमानदारिता भन्दा बाहिर गए पार्टी निर्मम हुने चेतावनी दिएका छन् ।

बिज्ञापन

रास्वपाको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले इमानदार भएर काम गर्ने कार्यकर्ताहरू पार्टीमा आवश्यक रहेको बताउँदै त्यो बाट विचलित भए आफै बाटो छोड्न सुझाव दिएका हुन् । उनले पुराना राजनैतिक दलहरू रास्वपामा प्रदेश गर्दा त्यहाँको गलत क्रियाकलाप आउन नदिनेमा चनाखो हुनुपर्ने बताएका थिए ।

‘पुराना राजनैतिक दलहरू रास्वपामा प्रदेश गर्दा त्यहाँको गलत क्रियाकलाप आउन हुँदैन । कहीँ विचलित भएका बाटो छोड्नु होला, नभए रास्वपाले तपाइलाई हटाउँछ’ उनले चेतावनी दिए ।
उनले पार्टी भित्रै बलियो र मजबुत हुनुपर्नेमा जोड दिएका थिए ।

उनले भने , ‘हामीलाई कसैले लडाउन सक्दैन । हामी आफ्नै गोडामा अल्झिएर लड्यौँ भने अर्कालाई दोष दिन पाउँदैनौँ ।’

आगामी चार बर्ष प्रतिबद्ध भएर र स्वार्थ भन्दा माथि उठेर काम गर्न पनि लामिछानेले सुझाव दिएका थिए । नत्र ठुलो निराशा आउने उनको बुझाइ थियो ।

उनले केही समय अघि विदेशमा भएका नेपालीहरूलाई स्वदेशमा काम गर्ने अवसर दिएको बिषयमा टिप्पणी भइरहेको उल्लेख गर्दै अहिले सम्म ३ सयले नेपाल फर्किन आवेदन दिएको समेत जानकारी दिए ।
लामिछानेले आफू र आफ्नो पार्टी शिक्षा र स्वास्थ्यको सुधारमा लागिरहेको बताए ।

‘यो देशमा सबैको स्वास्थ्यमा पहुँच बनाउन राजनीतिमा लागेका हौँ । शिक्षा नीतिका कारण विश्व बजारमा हाम्रा विद्यार्थी प्रतिस्पर्धा गर्न सकिरहेका छैनन्’, उनले भने, ‘प्रविधिसँग शिक्षालाई जोड्नु छ । त्यसका लागि हामी सङ्घर्ष गरिरहेका छौँ ।’

बालबालिका देखि वृद्ध वृद्धा सम्मले भरोसा गरिरहेको भन्दै उक्त भरोसालाई मर्न दिन नहुने उनको भनाइ थियो ।

‘नेपाली जनताले आसा र भरोसाको आँखाले हेरिरहेका छन्, हामी भाग्यमानी छौ । हाम्रो ६ महिनामा २१ सांसद हुनुहुन्छ’, उनले भने, ‘हामीलाई गल्ती गर्ने छुट छैन ।’

आगामी निर्वाचनको तयारीका लागि योग्य र सक्षम व्यक्तिलाई समेट्ने अभियानमा पार्टी लागिरहेको लामिछानेले बताएका हुन् ।

बिज्ञापन