घटना

तीन महिने गर्भवतीको उपचारका क्रममा ज्यान गएपछि चितवनको मनकामना अस्पतालमा तनाव

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चितवन । भरतपुरमा रहेको मनकामना अस्पतालमा उपचारको लागि पुगेकी गर्भवती महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ ।

तीन महिने गर्भवती ३२ वर्षीया नविना महतोको गएराति उपचारको क्रममा मृत्यु भएको थियो । बिहीबार सामान्य रक्तश्राव भएर अस्पताल गएकी नविनाको डाक्टरले उपचारमा लापरबाही गरेका कारण मृत्यु भएको आफन्तले आरोप लगाएका छन्।

बिज्ञापन

भरतपुर महानगरपालिका वडा नम्बर २६ घर भएकी महतोलाई गएराति १२ बजे डाक्टरले मृतक घोषणा गरेका थिए ।

महतोका देवर सन्तोष चौधरीले सामान्य रक्तश्रावमा पनि अस्पतालले हेलचेक्र्याइँ गरेको कारण ज्यानै गएको आरोप लगाए । अस्पतालले उपचारमा वेवास्ता गरेको आरोपमा महतोका परिवार र आफन्तले शव नबुझी अस्पताल घेराउ गरेका छन् । उनका अनुसार उनको यो दोस्रो गर्भ हो । महतोको पाँच वर्षकी छोरी छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।