बिश्व

धर्मका नाममा यौन दुराचार गर्ने पास्टर पक्राउ

बिज्ञापन

एजेन्सी – अमेरिकाको लुसियाना, टेरीटाउनस्थित एक चर्चका पास्टर यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । किरोशावस्थाका दुई नाबालकमाथि दूराचार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

बिज्ञापन

यी पास्टरमाथि एक १५ वर्ष र अर्का १६ वर्षका बालकलाई नग्‍न बनाएर आफुसँगै सुत्न बाध्य बनाएको तथा यौन दुराचार गरेको आरोप छ । यस्तो क्रियाकलाप गर्दा ” यशुले मान्छे बन्‍न सघाउने” भन्दै उनले बालकहरूलाई भ्रमित गर्ने गरेका थिए । 

६३ वर्षीय टेरी रिड यसअघि पनि दुर्व्यवहारकै आरोपमा दुईपटक पक्राउ परेका थिए । 

उनी टेरीटाउनस्थित भेसल्स अफ क्राइस्ट मिनिस्ट्री चर्चका पास्टर हुन् । उनीहरूद्ध बलात्कार, क्रुर व्यवहार र यौन दूराचारको अभियोग लगाइएको छ ।  यसअघि सन् २०१७ मा पनि उनी यौन दुराचारकै अभियोगमा पक्राउ परेका थिए । 

बिज्ञापन