राष्ट्रिय समाचार

लम्पी स्किनको सङ्क्रमणबाट कर्णालीमा साढे दश हजार पशु मरे

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कर्णाली । लक्पी स्किन सङ्क्रमणका कारण कर्णाली प्रदेशमा साढे दश हजार पशु चौपाया मरेको यहाँको पशुपक्षी विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निमित्त निर्देशक कृष्णप्रसाद पङ्गेनीका अनुसार दुई लाख २७ हजार दुई सय ६७ बाच्छाबाच्छी, गाई, गोरु, भैसी र चौरी सङ्क्रमित भएमध्ये यही साउन २१ गतेसम्म प्रदेशका दश जिल्लामा १० हजार चार सय ५० पशु चौपाया मरेका हुन् ।

बिज्ञापन

‘पछिल्लो समय कालीकोट, जुम्ला र डोल्पामा पनि लम्पी स्किनका कारण पशु चौपाया मरेका छन्’, उनले भने । उनका अनुसार जाजरकोटमा २३ हजार ६५ पशुमा यो रोगको सङ्क्रमण देखिएकोमा दुई हजार आठ सय ७७ मरेका छन् ।

साथै कालीकोटका २९ हजार पाँच सय ४१ सङ्क्रमित पशुमध्ये एक हजार ५८ पशु चौपाया मरिसकेका छन् । हुम्लामा कूल १३ हजार पाँच सय ९८ पशु चौपाया सङ्क्रमित भएकोमा प्राप्त एक हजार ९८३ मरिसकेका छन् ।

पशु चिकित्सक डा सविना मल्लका अनुसार सुर्खेतमा २९ हजार पाँच सय ४१ सङ्क्रमित पशुमध्ये एक हजार ५८ र सल्यानमा ३४ हजार चार सय ७९ सङ्क्रमित पशुमध्ये एक हजार २३ मरिसकेका छन् । साथै दैलेखमा ७५ हजार तीन सय ६६ सङ्क्रमितमध्ये छ सय २१ पशु चौपाया मरिसकेका छन् ।

साथै जुम्लामा १४ हजार ४१ सङ्क्रमितमध्ये पाँच सय ७३, डोल्पामा सात हजार पाँच सय २९ सङ्क्रमितमध्ये पाँच सय ४३, रुकुम पश्चिममा १७ हजार छ सय ४१ सङ्क्रमितमध्ये चार सय ६९ पशु मरिसकेका छन् ।

निर्देशक पङ्गेनीले बढ्दै गएको लम्पी स्किनको सङ्क्रमण नियन्त्रण गर्न आवतजावतमा बन्द गरिएको र घाउ खटिरा आएका पशुमा मलहम लगाउने गरिएको बताए । साथै सबै जिल्लामा पशु प्राविधिक खटाइएको उनको भनाइ छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका प्रवक्ता धनबहादुर कठायतले लम्पी स्किन रोगबाट सङ्क्रमित दुई लाख २७ हजार दुई सय ६७ पशुबस्तुमध्ये एक लाख ५५ हजार एक सय १८ को उपचार गरिएको र १३ हजार ४६ मा खोप लगाइएको जानकारी दिए ।

मन्त्रालयका अनुसार कूल सङ्क्रमित सङ्ख्यामा लम्पी स्किन रोगबाट चा् दशमलव ५९ प्रतिशत पशु चौपायाको मृत्यु भएको र थप क्षति हुन नदिन उच्च सतर्कता अपनाइएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।