बिश्व

अमेरिकी राष्ट्रपतिलाई धक्की दिने वृद्धको एफबीआईद्वारा गोली हानी हत्या

बिज्ञापन

वासिंगटन डिसी । अमेरिकामा राष्ट्रपति जो बाइडेनलाई ज्यान मार्ने धम्की दिने एक व्यक्तिको सुरक्षाकर्मीले गोली हानी हत्या गरेका छन् । उनी अमेरिकाको उटाहका वासिन्दा थिए ।

बिज्ञापन

बाइडेन उटाह भ्रमणमा आउनुभन्दा केही घण्टाअघि फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले अभियुक्त लुकेको ठाउँमा छापा मारेको थियो ।

आफ्ना विशेष एजेन्टहरूले अभियुक्तलाई पक्राउ गर्ने प्रयास गरेको तर अभियुक्तको आक्रामक व्यवहारका कारण कारबाहीमा मारिएको एफबीआईले बताएको छ ।

सुरक्षा एजेन्सीले अभियुक्तको पहिचान खुलाएको छैन तर मिडिया रिपोर्टका अनुसार उटाहको संघीय अभियोजकले दायर गरेको उजुरीमा आरोपीको नाम क्रेग रोबर्ट्सन रहेको छ ।

मिडिया रिपोर्टका अनुसार आरोपी क्रेग रोबर्टसन करिब ७० वर्षका थिए र उनले आफूलाई पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कट्टर समर्थक बताएका थिए ।

वृद्धले सुरक्षाकर्मीलाई नै बन्दुक ताकेपछि उनमाथि गोली चलाइएको एफबीआइको दावी छ । उनीमाथि राष्ट्रपतिमाथि धम्की दिएको तथा ल इन्फोर्समेन्ट अफिसरहरुलाई प्रत्याक्रमण गर्न खोजेको आरोप छ । अभियुक्तसँग एउटा राइफल र अन्य थुप्रै हतियार रहेको अधिकारीहरुले बताएका छन् ।

बाइडेन बुधबार बिहान उटाह आउनु अगाडि रोबर्ट्सनले धम्की दिएका थिए ।

उनले सामाजिक सञ्जालमा लेखेका थिए, “I hear Biden is coming to Utah. Cleaning the dust off the M24 sniper rifle. Welcom (sic), buffoon-in-chief !”

रोबर्ट्सनले केही महिनादेखि उपराष्ट्रपति कमला ह्यारिस लगायत डेमोक्रेटिक नेताहरु तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि मुद्दा चलाउने अधिकारीहरुविरुद्ध पनि अनलाइनमा धम्कीहरु लेखेका थिए ।

सेप्टेम्बरमा एउटा पोस्ट गर्दै उनले लेखेका थिए, “The time is right for a presidential assassination or two. First Joe then Kamala !!!”

रोबट्रसनले डेमोक्रेटहरुलाई सिध्याउने अस्त्र भन्दै एउटा सेमिअटोमेटिक राइफल तथा अन्य हतियारको तस्वीर सामाजिक सञ्जालमै पोस्ट गरेका थिए । ती तस्वीरहरुसहित प्रहरीमा उजुरी परेको थियो । त्यसपछि एफबीआइले उनीमाथि छानविन गरिरहेको थियो । उनी एक काष्ठ व्यवसायी रहेको खुलेको छ ।

बिज्ञापन