स्वास्थ तथा सरसफाइ

घाइते सिपाहीलाई युक्रेनमा सेक्स थेरापी गराइदैँ 

बिज्ञापन

किभको केन्द्रमा रहेको एक आधुनिक कार्यालयमा २६ वर्षीय युक्रेनी घाइते सिपाही आफ्नो फोनमा भिडियो हेरिरहेका छन् । त्यसमा उनले किचेनमा एक युवतीलाई किस गरिरहेकोे देखाइएको छ । 

बिज्ञापन

यो रिसेक्स च्यारिटीको एक विज्ञापन हो । यस च्यारिटीले शारिरीक र मानसिक चोट खेपेका घाइते सैनिकहरुलाई उनीहरुको यौन जीवनका लागि सहयोग गर्ने लक्ष्य राखेको छ । 

गत वर्ष मार्चमा रुसी सेनाले युक्रेनी बन्दरगाह शहर मारीपोलमा क्रुर ढंगले आक्रमण गर्दा यो शहर भग्नावशेषमा परिणत भएको थियो । जलसेनाका सदस्य हलिव स्ट्राइज्को यस शहर जोगाउन खटिएका सिपाहीमध्ये एक थिए । 

रुसी सेनाले गराएको बिस्फोटपछि उनी भवनको तेस्रो तल्लाबाट भुइँमा लडे । त्यसपछि भग्नावशेषमा फसे । उनको कम्मर, दाह्रा र नाक भाँचियो । उनलाई रुसले त्यसपछि युद्ध बन्दीका रुपमा लग्यो । अर्को महिना बन्दी साटासाट गर्दा उनी रिहा भए । बन्धक बनाइएका बेला आफुले थोरैमात्र उपचार पाएको उनको भनाइ छ । 

औषधि–उपचार गराइरहेका बेला रिसेक्सले आफ्नो कार्यक्रममा सहभागी हुन प्रस्ताव गर्‍यो । ‘मेरो कम्मरको चोट निको हुन समय लागिरहेको थियो । र, सेक्सका सवालमा यतिबेला धेरै कुराकानी भएको थिएन । म अरु मानिसलाई पनि मेरैजस्तो होस् भन्ने चाहन्न,’ उनले भने, ‘यही कुराले यस कार्यक्रममा सहभागिता जनाउन प्रेरित गर्‍यो ।’

इभोना कोस्ट्याना यस भेट्रान हवकी एक संस्थापक हुन्, यही समुहले रिसेक्स कार्यक्रम चलाउँछ । उनले यस कार्यक्रमबारे २०१८ मै योजना अघि सारेकी थिइन् ।  यस कार्यक्रमले युद्धमा घाइते भएकाहरूलाई प्रेम गर्न सिकाउने लक्ष्य राखेको छ । 

रुसले आक्रमण थालेपछि उनीहरुले लगानी उठाए । त्यसपछि युक्रेनी सिपाही र विज्ञहरुसँग कसरी युद्धमा घाइते भएका महिला र पूरुषहरुलाई सहयोग गर्न सकिन्छ भनेर सोध्न थाले । 

सुरुमा सर्वसाधारण र घाइते सिपाहीबाट पनि उनीहरुले केही दुविधाग्रस्त प्रश्नको सामना गर्नुपरेको थियो । उनीहरु भन्थें,‘मानिस मर्दैछन् र तिमी सेक्सका बारेमा सोच्दैछौं ।’

नकारात्मक टिप्पणीहरु नआएका होइनन्, तर समग्रमा सकारात्क टिप्पणी नै बढी आएको इभोना बताउँछिन् । यस च्यारिटीले झन्डै ६ हजार बुकलेटहरु छपाएर त्यसलाई घाइते सिपाही र उनीहरुका परिवार बस्ने मेडिकल सेन्टरहरुमा पठायो । अनलाईनमा पनि उपलब्ध गरायो ।

रिसेक्सले  भिडियो, ग्राफिक्स र हेल्पलाइनमार्फत सामाजिक अभियान पनि चलायो । यस अभियानमा हस्तमैथुन, यौन खेलौना र बेसिक बायोलोजीका विषय समेत समावेश छ ।  ‘हामी सबै कुरा समावेश गर्ने प्रयास गर्छौ,’ इभोनाले भनिन्,‘ यहाँ त्यस्तो सेक्सन पनि छ, जो भर्जिन युवायुवतीका लागि हो ।’

उनले थपिन्, ‘चोटपछिको यौन उनीहरुको जीवनको पहिलो अनुभव हो । उनीहरुले कल्पना गरेभन्दा यो फरक हुन्छ ।’
रिसेक्सकी  प्रोजेक्ट म्यानेजर केट्याना स्कोरोकहोड महिला र पूरुषका लागि फरक निर्देशिकाहरु प्रकाशन गर्ने गरेको बताउँछिन् ।

यो प्रोजेक्ट शारिरीकभन्दा पनि मानसिक पक्षमा ज्यादा केन्द्रीत रहेको उनले बताइन् । ‘तपाई आफुलाई कसरी स्विकार्नुहुन्छ । कसरी आफुलाई माया गर्नुहुन्छ ? चोटपछि आफु र आफ्ना पार्टनरसँग कसरी यौन तथा निकट सम्बन्ध विकास गर्नुहुन्छ ? भन्ने 
मुख्य हो,’ उनले भनिन् । 

समलिंगी समुदायबाट प्रतिक्रिया लिन भने संघर्ष गर्नुपरेको उनले सुनाइन् । त्यस्तै, भेट्रानहरुलाई प्रश्न सोधेर उनीहरुसँग जवाफ लिनुपर्ने अवस्थाले अध्ययनमा भएको ग्याप पनि देखाएको छ । विशेषगरी उनीहरुले मानसिक चोटको चेकजाँच नगरिएको र उपचार नभएको फेला पारेका छन् ।

सेक्सबारेको छलफलमा प्रयोग हुने भाषा महत्वपूर्ण हुने इभोनाले बताइन् । इभोना भन्छिन्,‘घाइते लडाकुहरुले नचाहेसम्म उनीहरुले सेक्स गर्न आवश्यक छैन भन्ने बुझ्न पनि जरुरी छ । र, सुरुमा सेक्स गाह्रो वा पीडादायी हुनसक्छ ।’

हलिव आफु आबद्ध प्रोजेक्टका विषयमा सकारात्मक छन् । चोटपछि कुनै गर्लफ्रेन्ड बनाइयो ? भनेर सोध्दा उनी हाँस्छन् । ‘म हिरासतबाट फर्किएर अस्पताल आएपछि मसँग एउटी प्रेमिका थिइन् । र, प्रोजेक्टको प्रश्नहरु पूरा गर्दा अर्की थिइन् र अहिले मसँग एक पार्टनर छिन्,’ उनले भने,‘मैले एकजनालाई मिस गरेको हुनसक्छु ।’

पछिल्लो वर्ष डेट गरेका हरेकप्रति धन्य गरेको उनले बताए । ‘हरेक पार्टनर मेरा लागि महत्वपूर्ण थिए । मेरो आत्मविश्वास फर्काउन उनीहरुको भूमिका थियो । यसका लागि म धन्य छु,’ उनले भने । 

बीबीसीबाट ।

बिज्ञापन