सुदूरपश्चिम प्रदेश

कञ्चनपुर राष्ट्रिय युवा संघमा विवाद, वडाध्यक्ष कुटिए

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ कञ्चनपुरमा विवाद उत्पन्न भएको छ ।

राष्ट्रिय युवा संघको १० औँ जिल्ला अधिवेशनमा नयाँ कमिटी गठनलाई लिएर विवाद सुरु भएको हो ।

बिज्ञापन

नेकपा एमाले पोलिटब्युरो सदस्य तथा युवा फाँट इन्चार्ज महेश बस्नेतले घोषणा गरेको युवा संघको नयाँ कमिटीको काउण्टरमा समानान्तर कमिटी गठन गरिएको छ।

बस्नेत सहभागी अधिवेशनको बन्द सत्रले दिनेश बिस्टको अध्यक्षतामा ४५ सदस्यीय कमिटी घोषणा गरेको थियो।

कमिटीको उपाध्यक्षमा अशोक सार्की, सचिव वीरेन्द्र बहादुर महरा, सहसचिव नरेन्द्र विष्ट, शिवा बस्नेत र कोषाध्यक्षमा मुकेश सिंह चयन भएका छन्। उनीहरूलाई बस्नेतले शनिबारै शपथ खुवाएका थिए।

असन्तुष्ट युवाहरूले नवीन चन्दको नेतृत्वमा ५१ सदस्यीय समानान्तर कमिटी गठन गरेका छन् । सो कमिटीको उपाध्यक्षमा लेखान्त बुढा, सचिवमा यज्ञराज नाथ, सहसचिवमा गंगा राना, सरोज बैज र कोषाध्यक्ष वसन्त बुढा छन्।

यस्तै यूथ फोर्स तर्फ प्रमुखमा लेखान्त बुढा, उपप्रमुखमा सुवास कुँवर, सचिवमा नरेश चन्द र सहसचिवमा सुजल खड्का चयन भएका छन्।

नयाँ कमिटी चयन गर्दा एकलौटी गरेकोले बहुमत सदस्यको भेलाबाट नयाँ कमिटी बनाइएको उनीहरुले बताएका छन् ।

वडाध्यक्ष कुटिए

राष्ट्रिय युवा सङ्घकै विवादका बिच कञ्चनपुरमा एक वडाध्यक्ष कुटिएका छन्। आज जिल्लाको भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्र देवकोटामाथि कुटपिट भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले राष्ट्रिय युवा संघ नेपालको आन्तरिक किचलोका कारण देवकोटामाथि कुटपिट भएको जानकारी दिए।

कुटिएका देवकोटाको टाउकोमा चोट लागेको छ । एसपी थापाले अहिले देवकोटाको पक्षबाट ८ जनाविरुद्ध उजुरी आएको र उनीहरूको खोजी सुरु गरिएको बताए। चोट लागेका देवकोटाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका भइरहेको प्रहरी प्रमुख थापाले जानकारी दिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।