राष्ट्रिय समाचार

सुस्त मनस्थिति भएकै आधारमा भएको यौन सम्बन्ध बलात्कार हुँदैन 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सर्वोच्च अदालतले सुस्त मनस्थिति वा वौद्धिक अपाङ्गता भएकै आधारमा मात्र भएको यौन सम्बन्धलाई बलात्कार ठहर गर्न नमिल्ने बताएको छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले राम्रोसँग बोल्न र आफ्ना कुरा अभिव्यक्त गर्न सक्ने अवस्थामा सुस्त मनस्थिति वा वौद्धिक अपाङ्गता भएकै कारण भएकाे यौन सम्बन्धलाई बलात्कार भन्न नहुने नजिर स्थापना गरेको हो ।

बिज्ञापन

सुस्त मनस्थिति वा वौद्धिक अपाङ्गता भएका व्यक्तिले सहमतिमै यौन सम्बन्ध कायम गरेको भए पनि बलात्कार हुने दाबीसहित सरकारी पक्षले एउटा मुद्दा जिल्ला, उच्च हुँदै सर्वोच्च अदालतसम्म पुर्‍याएको थियो । तर सर्वोच्चले लगातार २ वर्षदेखि उमेर पुगेका दुई व्यक्तिका बीचमा यौन सम्बन्ध कायम हुँदै आएको, कसैले देखेपछि मात्र जाहेरी दिएको र वकपत्रका क्रममा नेपाली बोल्न नसक्ने आधारमा मात्र जबरजस्ती करणी भएको ठहर गर्न नसकिने व्याख्या गरेको हो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।