राष्ट्रिय समाचार

सुस्त मनस्थिति भएकै आधारमा भएको यौन सम्बन्ध बलात्कार हुँदैन 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सर्वोच्च अदालतले सुस्त मनस्थिति वा वौद्धिक अपाङ्गता भएकै आधारमा मात्र भएको यौन सम्बन्धलाई बलात्कार ठहर गर्न नमिल्ने बताएको छ ।

लोक कल्याणकारी विज्ञापन

प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले राम्रोसँग बोल्न र आफ्ना कुरा अभिव्यक्त गर्न सक्ने अवस्थामा सुस्त मनस्थिति वा वौद्धिक अपाङ्गता भएकै कारण भएकाे यौन सम्बन्धलाई बलात्कार भन्न नहुने नजिर स्थापना गरेको हो ।

लोक कल्याणकारी विज्ञापन

सुस्त मनस्थिति वा वौद्धिक अपाङ्गता भएका व्यक्तिले सहमतिमै यौन सम्बन्ध कायम गरेको भए पनि बलात्कार हुने दाबीसहित सरकारी पक्षले एउटा मुद्दा जिल्ला, उच्च हुँदै सर्वोच्च अदालतसम्म पुर्‍याएको थियो । तर सर्वोच्चले लगातार २ वर्षदेखि उमेर पुगेका दुई व्यक्तिका बीचमा यौन सम्बन्ध कायम हुँदै आएको, कसैले देखेपछि मात्र जाहेरी दिएको र वकपत्रका क्रममा नेपाली बोल्न नसक्ने आधारमा मात्र जबरजस्ती करणी भएको ठहर गर्न नसकिने व्याख्या गरेको हो ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन