राष्ट्रिय समाचार

मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ – प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् ।

जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्न लागेको र सम्भवतः आजै शपथ गराउने तयारी रहेको स्रोतले जनाएको छ ।

बिज्ञापन

जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकिएको छ ।

२५ सदस्यीय मन्त्रिपरिषदमा जनमतलाई सहकारमा सहभागी बनाउँदा वर्तमान मन्त्रिपरिषद्का एक सदस्यलाई हटाउनु पर्नेछ । माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाएर जनमतकी अनिता देवीलाई मन्त्री नियुक्त गर्ने तयारी ‘प्रचण्ड’को छ । जसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको नाम ‘हिट लिष्ट’मा छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।