राष्ट्रिय समाचार

अविरल वर्षाका कारण देशभरका पाँच राजमार्ग पूर्णरुपमा अवरुद्ध

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, साउन २८ गते । शनिबारदेखि परेको अविरल वर्षाका कारण देशभरका पाँच राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । सडक विभागको तथ्याङ्क अनुसार ४१ राजमार्ग भने आंशिक सुचारु छन् ।चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर कोरिडोर), तानसेन–रिडी–कोरला, डुम्रे बेशीसहर–चामे, मदनभण्डारी राजमार्ग र कर्णाली राजमार्ग पूर्णरुपमा अवरुद्ध छन् ।

अवरुद्ध भएका सडकहरू खुलाउने प्रयास भइरहेको विभागले जनाएको छ । पूर्णरुपमा अवरुद्ध सडक प्रयोग गर्ने यात्रुहरूले वैकल्पिक सडक प्रयोग गर्न विभागको आग्रह छ । विभागका अनुसार १४५ सडक अवरुद्ध भएपश्चात् अहिले सुचारु भएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।