राष्ट्रिय समाचार

कक्षा १२ को नतिजा: कसले कति जीपीए ल्याए ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । कक्षा १२ को परीक्षामा ५१ प्रतिशत विद्यार्थी पास भएका छन् ।  गत वर्ष   ४९ प्रतिशत विद्यार्थी  सबै विषयमा पास  भएका  थिए ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा  ६ हजार ९७६ जनाले ३.६१ देखि ४ जीपीए ल्याएका छन् ।

बिज्ञापन

नतिजा अनुसार गत वर्ष भन्दा यस वर्ष३.६१ देखि ४ जीपीए  ल्याउने विद्यार्थी ०.७२ प्रतिशतले बढी छन् ।३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९९९ रहेको छ।

परीक्षा बोर्डले माथिल्लो जीपीए ल्याउने विद्यार्थीको संख्या बढेको बताएको छ।  यस्तै १ लाख ८२ हजार ९२६ जना एनजी ल्याएका छन् । याे वर्ष  नतिजामा सुधार भएकाे  बाेर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

परीक्षा गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको  थियो

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।