राजनीति

ओलीसँग भेटेर रावलले भने- भलाकुसारी भयो, फेरि भेट हुन्छ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर निस्किएका नेता भीम रावलले फेरि कुराकानी गर्ने गरी आजको छलफल सकिएको बताएका छन् ।

पार्टी कार्यालय च्यासलमा ओली र रावलको संवाद भएका थियो । भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै रावलले आज भलाकुसारी भएको र फेरि भेट्ने कुरा भएको जानकारी दिए ।

‘हाम्रो बीचमा भेट नभएको धेरै भएको थियो । आज एक अर्कासँग भलाकुसारी, के छ कस्तो छ भन्ने भलाकुसारी गरियो’, उनले भने ।

ओलीसँगको भेटमा देश र पार्टीको अवस्थाका विषयमा कुराकानी भएको रावलले बताए ।

उनले भने, ‘देशको स्थिति पार्टीको अवस्था के छ ? कस्तो छ ? यसमा हाम्रा आफ्नो सोच दृष्टिकोण के छन् त्यसमा सामान्य कुराकानी भयो । फेरि कुराकानी गर्ने कुरा छ ।’

सञ्चारकर्मीले रावललाई जिम्मेवारीका विषयमा जिज्ञासा राखेका थिए । तर, उनले त्यस विषयमा जानकारी दिन चाहेनन् ।

रावलले भने, ‘धेरै लामो समयपछि भेट भएको हो । उहाँ पार्टीको अध्यक्ष पार्टीको अध्यक्षसँग धेरै देश विदेशको विषयमा जानकारी हुन्छ सूचना हुन्छ । म पनि अध्ययन गर्ने मान्छे । आफ्ना विचारहरू, अहिलेको अवस्था के छ कस्तो छ भन्ने भयो । फेरि कुराकानी गर्ने कुरा छ ।’

नेकपा हुँदाबाटै ओली र रावलको सम्बन्ध चिसिएको थियो । दशौँ महाधिवेशनका ओलीविरुद्ध अध्यक्षमा रावलले उम्मेदवारी दिएपछि उनीहरुबीच बोलचाल नै बन्द भएको थियो । आजको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।