सुदूरपश्चिम प्रदेश

भीमदत्त राजमार्ग ६ घण्टा बन्द हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । भीमदत्त राजमार्ग आज (बिहीबार) ६ घण्टाका लागि बन्द गरिने भएको छ । भासिएको सडक मर्मत गर्नका लागि आज दिउँसो १२ देखि साँझ ६ बजेसम्म सडक बन्द गरिने सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।

गत साउन २२ गते परेको पानीले गएको पहिरोकाका कारण गोदावरी नगरपालिका(४ को बुढितोलामा सडक भाँसिएको थियो । सडक डिभिजन कार्यालयका प्रमुख हरी सुवेदीले सडकको पहिरो हटाएर सवारीसाधन सञ्चालन गरिएपनि हिलो र पानी बग्ने क्रम नरोकिएकाले मर्मत गर्न केही घण्टा सडक बन्द गरिन लागेको जानकारी दिए ।

बिज्ञापन

सुवेदीले उक्त क्षेत्रमा गाडी चलेपनि हिलोका कारण फस्ने समस्या देखिएकाले जाली राखेर मर्मत गरिने तथा निरन्तर बगिरहेको पानीलाई पाइपमार्फत निकास दिइने बताए ।

लगातारको वर्षापछि गत सोमबार आएको पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग एक हप्तापछि सञ्चालनमा आएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।