सीआइबीले सरकारी वकिललाई प्रतिवेदन बुझाउँदै

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले ललिता निवास जग्गा प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । अनुसन्धान सकेर आइतबार सम्ममा सरकारीको कार्यालयलाई प्रतिवेदन बुझाउने सीआइबीको तयारी रहेको छ ।
संगठित अपराध कसुरमा ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने व्यवस्था छ । सीआइबीले गत असार १२ गतेदेखि आरोपीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । यस प्रकरणमा अनुसन्धान सुरु भएको आज शुक्रवार ५३ दिन पुगिसकेको छ । त्यसैले सीआइबीले आइतबार सम्ममा प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

ललिता निवासको १ सय ४२ रोपनी जग्गा भू-माफिया, कर्मचारी र मन्त्री समेतको संलग्नतामा संगठित रूपमा किर्ते कागजपत्र हिनामिना गरिएको थियो । यस यस प्रकरणमा मन्त्री र उच्च ओहोदाका सरकारी कर्मचारीको संलग्नता पुष्टि भइसकेको छ ।
पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङसहित १८ जनालाई हिरासतमा राखेर सीआइबीले अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा हालसम्म २३ जना पक्राउ परिसकेका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
