Sudur Pradesh News

कैलालीमा लापसे चेक गर्दै प्रहरी, ७ जना समातिए

बिज्ञापन

धनगढी : कैलालीमा प्रहरीले लापसे (लागू पदार्थ सेवन) पनि चेक गर्न थालेको छ। सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराले काठमाडौंबाट प्रविधियुक्त लापसे  चेकिङ यन्त्र (लागूऔषध परीक्षण कीट) मगाएर चेकिङ थालिएको जानकारी दिए।

बिज्ञापन

उनका अनुसार कैलालीमा ट्राफिक प्रहरीलाई उक्त कीट दिएर चेकिङ गर्न लगाइएको छ। जसमा अहिलेसम्म शुक्रबार र शनिबार चेकिङ गरिएकोमा ७ जना समातिएका छन्। 

कैलाली ट्राफिकका अनुसार शुक्रबार डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ बस्ने ३३ वर्षीय भीमराज अवस्थीलाई नियन्त्रणमा लिएको थियो। प्र.०३ ०१-००३ क ४८१२ नम्बरको टिप्पर चालकसमेत रहेका उनलाई धनगढीको ६ लेन सडकमा चेक गर्दा पोजेटिभ देखाएको थियो।

त्यसपछि उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको थियो।

यस्तै आज (शनिबार) गरिएको परीक्षणमा ६ जनालाई प्रहरीले समातेको छ। धनगढी उपमहानगरपालिका-१३ राजपुरस्थित मोहना अत्तरिया ६ लेन सडक खण्डमा लापसे चेक गर्दा उनीहरू समातिएका छन्।

जसमा सुपप्र ०२-००१ क ४९९ नम्बरको टिप्परका चालक शुक्लाफाटा नगरपालिका-५ बस्ने वर्ष ३४ का दिवाकर भुजेल, सुपप्र ०१-००१ क ३०७४ नम्बरको टिप्परका चालक डडेल्धुरा अमरगढी नगरपालिका- ४ बस्ने वर्ष ३० का रमेश भट्टराई, बा ४ ख ५८७२ नम्बरको फोर्स चालक गोदावरी नगरपालिका-८ बस्ने वर्ष ३१ का यादव बोहरा, ना ५ ख ५४४५ नम्बरको बसका चालक गोदावरी नगरपालिका-१२ बस्ने वर्ष ३६ का महादेव जोशी, सुपप्र ०१-००१ज १२६० नम्बरको विङ्गरका चालक धनगढी उपमहानगरपालिका-३ बस्ने वर्ष २५ का बिदुस राना र सुपप्र ०२-००१ ज ०४४९ नम्बरको विङ्गरका चालक वेदकोट नगरपालिका- १० बस्ने वर्ष ३१ का अर्जुन रावल रहेका छन्।

उनीहरू सबैलाई थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको छ।

बिज्ञापन