राष्ट्रिय समाचार

हर्क साम्पाङको चेतावनी- ममाथि अभद्र व्यवहार गर्नेलाई २४ घण्टाभित्र पक्राउ नगरिए मुद्दा हाल्छु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूमाथि ‘अभद्र व्यवहार’ गर्नेलाई पक्राउ गर्न माग गरेका छन् । २४ घण्टाभित्र पक्राउ नगरिए मुद्दा दायर गर्ने उनको चेतावनी छ ।

साम्पाङलाई एक महिलाले आफ्नो व्यक्तिगत जग्गामा हस्तक्षेप गर्न आएको भन्दै थर्काएको भिडिओ सार्वजनिक भएको थियो । उनले अदालतको पत्रसमेत देखाएपछि साम्पाङ ‘तिमीहरुको घर भत्काइदिन्छु’ भन्दै त्यहाँबाट फर्किएका थिए । भिडिओ भाइरल भएसँगै साम्पाङले फेसबुकमा स्टाटस लेखेका हुन् ।

बिज्ञापन

उनको स्टाटस यस्तो छः

यो देशमा राज्य सरकार छ छैन ? म माथि अभद्र व्यवहार गर्नेलाई २४ घण्टा भित्र पक्राउ गरी कस्टडीमा राखेर अनुसन्धान चलाइएन भने मैले पत्रकार सम्मेलन गरी र सम्बन्धित निकायहरू विरुद्ध नै मुद्दामा जानुको विकल्प रहने छैन ! त्यस पछिको अराजकताको जिम्मेवारी कसले लिने ? अनि, नागरिकको आन्दोलनलाई कसले सम्बोधन गर्ने ?

साम्पाङ केही दिनअघि सर्दु जलाधार क्षेत्रमा गएर व्यक्तिगत जग्गामा दलबलसहित गएर वृक्षारोपण गरेका थिए । अदालतले उक्त जग्गामा वृक्षारोपण नगर्न आदेश दिएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।