त्रिशूलीमा बस दुर्घटना अपडेट : ८ जनाको मृत्यु, १५ जना घाइते
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।
काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहानसडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।
बिज्ञापन

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिए । बस दुर्घटनामा परि घाइते भएका १५ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
