राष्ट्रिय समाचार

राप्रपालाई एउटा संसदीय समितिको नेतृत्व दिन प्रचण्ड तयार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एउटा संसदीय समितिको सभापति दिन प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार बनेका छन् । ‘सबैलाई समेटेर जान चाहेको’ भन्दै प्रचण्डले राप्रपालाई एउटा सभापति दिने प्रतिबद्धता जनाएको स्रोतले बतायो ।

मिनि पार्लियामेन्टका रूपमा चिनिने संसदीय समितिको सभापतिका लागि सोमबार दिउँसो ३ बजे निर्वाचन हुँदैछ । १० वटा विषयगत समितिको नेतृत्वका आकांक्षीहरूले आज उम्मेदवारी दर्ता गर्ने गर्दैछन् । कांग्रेसले ३ वटा र माओवादीले २ वटा समितिको नेतृत्व पाउने गरी समझदारी भएको थियो । कांग्रेस–माओवादीको भागमा परेकामध्ये एउटा राप्रपालाई दिने प्रस्ताव प्रचण्डले गरेका हुन् ।

बिज्ञापन

राप्रपा अध्यक्ष राजेन्द लिङदेनले संसदीय समिति सभापतिबारे प्रचण्डसँग कुराकानी गरेका थिए । उनी अहिले दुबईमा छन् । उनी उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक दिएर दुबई गएका हुन् ।

तामाङले हिजो साँझ प्रचण्डसँग संसदीय समितिबारे छलफल गरेका थिए । राप्रपा स्रोतका अनुसार प्रचण्डले राप्रपाका कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङलाई फोन गरेर एउटा सभापति दिन तयार रहेको बताएका हुन् ।

राप्रपाले कुन समिति पाउने भन्ने तय भइसकेको छैन ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले एउटा संसदीय समितिको सभापति राप्रपालाई प्रधानमन्त्रीसँग सकारात्मक छलफल भएको बताए । यसमा कुनै लेनदेन नगरिएको उनको भनाइ छ ।

तर, राप्रपालाई समिति सभापति दिएवापत प्रचण्डले कोशी सरकारमा सहभागी हुन राप्रपालाई फकाउन खोजेको बताइन्छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।