राष्ट्रिय समाचार

ललिता निवास प्रकरणमा गच्छदारसहित पूर्व मन्त्रीहरू फरार सूचीमा

बिज्ञापन

काठमाडौं । ललिता निवास प्रकरणमा पूर्व मन्त्रीहरुलाई काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले फरार सूचीमा राखेको पाइएको छ ।

बिज्ञापन

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले आइतबार काठमाडौं जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा पूर्व मन्त्रीहरु चन्द्रदेव जोशी, विजयकुमार गच्छदारलगायतलाई फरार सूचीमा राखिएको छ ।

जबकी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराे- सीआईबीले अन्तिम समयमा उनिहरुसँग बयान लिएर अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो। बयान लिएका गच्छदार र जोशीलाई सीआईबीले साधारण तारेखमा छाडेको थियो। वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले फरारमा नराखेको अवस्थामा अभियोगपत्र दर्तासँगै पेश गर्नु पर्ने कानुनी व्यवस्था रहेको बताए ।

‘त्यसैले उहाँहरुलाई फरारको सूचिमा राखिएको हुन सक्छ’, भट्टराईले भने । थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश भएका सचिव कृष्णबहादुर राउत र पक्राउको केही समयपछि तारेखमा छाडिएकी सिपिका खेतानलगायतलाई पनि फरारको सूचिमा राखिएको छ । पूर्वमन्त्रीहरु गच्छदार र जोशीसहित डम्बर श्रेष्ठ र सन्जय शाहलाई पनि प्रतिवादी बनाइएको छ । शाह हाल नख्खु कारागारमा कैदी जीवन बिताइरहेका छन् ।

सरकारी लिखत कीर्तेमा २८९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । त्यसबाहेक मृत्यु भएका २१ जनालाई बिगो दावी प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

बिज्ञापन