राष्ट्रिय समाचार

नेपाली सेनाका गुल्मपति २४ घण्टादेखि बेपत्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौैं  । नेपाली सेनाका गुल्मपति विमल पण्डित डोल्पा सदरमुकाम दुनैबाट बेपत्ता भएका छन् । दुनैस्थित नन्द बक्स गुल्मका इन्चार्ज रहेको गुल्मपति पण्डित आइतबारदेखि बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार गुल्मपति पण्डित आइतबार अपराह्न त्रिपुरातिर जान्छु भन्दै ब्यारेकबाट बाहिरिएका थिए । पीएसओ समेत नलिई एक्लै हिँडेका उनी चौबीस घण्टा बितिसक्दा समेत सम्पर्कका आएका छैनन् । 

बिज्ञापन

बेपत्ता गुल्मपति पण्डितको खोजीमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको टोली परिचालन गरिएको छ । तर, अहिलेसम्म उनी कहाँ छन् भन्ने पत्ता लागेको छैन । र, यस विषयमा नेपाली सेनाले केही प्रतिक्रिया समेत दिएका छैन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।